वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
२३ भदौ, २०८२
आज मिति २०८२/०५/२३ गते सोमवार यातायात व्यवस्था विभाग, मिनभवन, काठमाण्डौंमा रहेको सवारी चालक अनुमति पत्रको केन्द्रीय सर्भरमा समस्या आएको कारण आज यस कार्यालयबाट सवारी चालक अनुमति पत्र सम्बन्धी हुने भनिएको लिखित परीक्षा स्थगित गरिएको छ । साथै सवारी चालक अनुमति पत्रको बायोमेट्रीक दर्ता तथा नविकरणका कार्यहरु समेत अर्को सूचना प्रकाशित गरी सेवा सुचारु भएको जानकारी नगराएसम्मको लागि स्थगित गरीएको व्यहोरा जानकारी गराइन्छ ।
यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।