यस कार्यालयबाट वर्ग क (मोटरसाइकल, स्कुटर, मोपेड), वर्ग ख (कार, जीप, डेलिभरी भ्यान), वर्ग ग (टेम्पो, अटोरिक्सा), वर्ग ङ (ट्र्याक्टर), वर्ग ट (स्कुटर, मोपेड) को देहाय बमोजिमका सेवाहरू प्रदान गरिन्छ।
- नयाँ सवारी चालक अनुमतिपत्र जारी (ट्रायल परीक्षा उत्तीर्ण भएकै दिन अस्थायी स.चा.अ.प. कार्ड उपलब्ध गराइने)
- पुरानो सवारी चालक अनुमतिपत्रमा वर्ग थप
- सवारी चालक अनुमतिपत्र नवीकरण
- सवारी चालक अनुमतिपत्र प्रतिलिपि