महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

आंसिक सेवा प्रवाह सुचारु भएको सम्बन्धी सूचना

विषयः सेवा प्रवाह सम्बन्धी सूचना ।

     प्रस्तुत विषयमा मिति 2082/05/23 र 24 भएको आन्दोलन पश्चात EDL VRS को केन्द्रीय सर्भरमा समस्या आई अवरुद्ध भएको सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सेवाहरू मिति 2082/07/18 गते बाट आंसिक रुपमा (लाइसेन्स नविकरण, प्रतिलिपी र लाइसेन्स भेरिफिकेसन-जरीवाना नलागेको हकमा) संचालनमा आएको र नयाँ सवारी चालक अनुमतिपत्र प्राप्ति तथा वर्गथप सम्बन्धी सेवाहरू हालसम्म अवरुद्ध नै रहेकोले सेवा संचालनमा आएपश्चात पूनः सूचित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।